April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

इतिहासकार तथा लेखक मञ्जुल याक्थुङ्बाको निधन

२०८० कार्तिक १२

5.3K

काठमाडौं । किरात याक्थुङ चुम्लुङका पूर्व अध्यक्ष, पूर्व प्रमुख जिल्ला अधिकारी, इतिहासकार तथा लेखक मञ्जुलकुमार याक्थुङबाको निधन भएको छ । उनको आइतबार बिहान ५ बजे निधन भएको परिवार स्रोतले जनाएको छ ।

याक्थुङ्बा अस्वस्थ्य भएपछि ललितपुरस्थित हेम्स अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ ।

तिखेदेवल ललितपुर निवासी याक्थुङ्बा केही कार्यकाल चुम्लुङको अध्यक्ष, चुम्लुङको मातहतमा रहेको पुरस्कारको संस्थापक र लिम्बू जाती र इतिहाससम्बन्धी पुस्तकका लेखकसमेत हुन्। उनी लिम्बू समुदायका प्रविणता प्रमाणपत्र उत्तीर्ण गर्ने प्रथम व्यक्ती पनि हुन् ।

Advertisement