November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

‘मना लाङ्यो:क्खा’ सिक्किमको विश्वविद्यालयमा पढाइ हुने

२०८० कार्तिक ११

7.9K

काठमाडौं । साहित्यकार पुष्पहाङ लोवाको कथासंग्रह ‘मना लाङ्यो:क्खा’ सिक्किमको विश्वविद्यालयमा पढाइ हुने भएको छ ।

सिरिजङ्गा लिपिमा लिखित लिम्बू भाषाको यस संग्रह कन्चनजंघा विश्वविद्यालयले पाठ्यक्रममा राख्ने भएको हो । विश्वविद्यालयले पाठ्यक्रममा राखिसकेको र अब नयाँ शैक्षिक सत्रदेखि पढाइ सुरु जानकारी प्राप्त भएको लेखक लोवाले बताए ।

यस संग्रहभित्र १२ वटा कथाहरू संग्रहित छन्। कुन कथा पढाइ हुने भन्ने टुंगो लागीनदकेको उनले बताए ।

Advertisement

‘कलेजका पाठ्यक्रममा समावेश गरिसकेको र अब नयाँ शैक्षिक सत्रदेखि पढाइ सुरु हुने विश्वविद्यालयका प्रोफेसर डा विएल खाम्दाकले जानकारी दिनुभएको हो’, लेखक लोवाले भने ।

नेपालमा भाषाको सम्मान नहुनुमा राज्य नै विभेदकारी रहेको लोवाको आरोप छ। यसरी दोस्रो मुलुकले भाषाको मूल्य बुझ्दा खुशी नै लागेको तर यदि आफ्नै देशमा यसरी भाषाको सम्मान भएको भए झनै राम्रो लाग्ने उनले बताए ।

‘मना लाङ्यो:क्खा’ सिरिजङ्गा लिपिमा लिखित लिम्बु भाषाको कथासंग्रह हो । भाषा र लिपिलाई सँगसँगै बचाउदै लानुपर्छ भन्ने उदेश्यले आफ्नै भाषा र लिपिमा कथा लेखेको लेखक लोवा बताउछन् ।