April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

२०८० कार्तिक १०

1.8K

काठमाडौं । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । ६८ वर्षीय खछ्याङका शुक्रबार बिहान सांघाईमा हृदयाघातको कारण निधन भएको हो ।

लीलाई बिहीबार अचानक हृदयाघात भएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा लीको स्थानीय समय अनुसार करिब १२ बजेर १० मिनेट जादा मृत्यु भएको हो ।

ली चिनियाँ कम्युनिस्ट पार्टीको १७ औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यसमेत थिए । सन् २०१२ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ महाधिवेशनबाट महासचिव चयन भएसँगै सी चिनफिङ बेइजिङको मुख्य नेतृत्पवमा उदाएका थिए । ली पछिल्लो समय चीनको आर्थिक विकासका एक हस्ती मानिन्थे ।

Advertisement