विराटनगर। आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आयोगको चौथो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङसमक्ष उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन्।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले सङ्घीयतालाई सुदृढ बनाउन जनजातिलगायत अन्य आयोगको अहम् भूमिका रहेको बताए । खापुङले साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई अझ बलियो बनाउनुपर्नेमा जोडसमेत दिए ।
आयोगका अध्यक्ष थापा मगरले प्रदेशका आदिवासी जनजाति समुदायको सार्वभौम अधिकार सुनिश्चित गनुपर्ने विषयलाई प्रतिवेदनमा समेटिएको बताए ।