April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

तेह्रथुमबाट हाम्रो मुन्धुम मासिकको प्रकाशन शुरुवात

1.5K

तेह्रथुम । तेह्रथुमबाट मासिक पत्रिका हाम्रो मुन्धुमको प्रकाशन आरम्भ एको छ । विहिबार म्याङलुङ नगरपालिका प्रमुख सञ्जय तुम्बाहाङफेले एक समारोहबिच पत्रिकाको सार्वजनिक गरेका छन् ।

तेह्रथुमको मेयङलुङ नगरपालिका –३ जिरिखिम्ती स्थित लक्चम चौकमा कार्यालय रहने गरी पत्रिका प्रकाशन गरेको हो ।

पत्रिकाको सम्पादक तथा प्रकाशकमा विष्णुकुमार हुक्पा चोङबाङ (सेसेहाङ) रहेका छन् । सहसम्पादकमा लाल अन्जान सम्बाहाङ्फे, कार्यकारी सम्पादकमा राजकुमार तेयुङ तरेवा र व्यवस्थापकमा साम थाम्देन रहेको छ । पत्रिका प्रत्येक महिनाको एक गते प्रकाशित हुने र पृष्ठ १२ पेज रहेको छ पत्रिका पाँच सय प्रति छापिने प्रकाशक चोङबाङले जानकारी दिएका छन् ।

Advertisement

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विक्रम सम्बाहाङफे लगायतको उपस्थिति रहेकोे थियो।

विमोचन हाम्रो मुन्धुम पत्रिकाको प्रकाशक विष्णु कुमार हुक्पा चोङबाङ (सेसेहाङ)को अध्यक्षता सम्पन्न भएको थियो । स्वागत मन्तव्य व्यवस्थापक साम थाम्देन थाङवेनले राखेका थिए भने सञ्चालन कार्यकारी सम्पादक राजकुमार तेयुङ तरेवाले गरेका थिए ।