पोखरा । गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले सहकारीका सञ्चालकहरू इमान्दार हुनुपर्ने बताएकी छिन् ।
मंगलबार पोखरा–६, बैदाममा रहेको हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोमबार आयोजित १३ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनमा बोल्दै उपसभामुख थापाले सहकारीका सञ्चालक र शेयर सदस्य इमान्दार भए सहकारीमा कुनै समस्या नआउने बताएकी हुन् ।
त्यस्तै, गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले सर्वसाधारण जनतामा वित्तीय पहुँचका लागि सहकारी क्षेत्रको ठूलो योगदान रहेको बताइन् । सामाजिक पूँजी निर्माणमा सहकारीले टेवा पु¥याएको उल्लेख गर्दै पहारीले सहकारीमा समस्या आउन नदिन सञ्चालक सँगै शेयर सदस्य पनि उत्तिकै सचेत हुनुपर्नेमा जोड दिएकी थिइन् ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन प्रा.डा. भरतराज पहारी, पोखरा महानगरपालिका वडा नं. ६ का वडा सदस्य दीपेन्द्र पहारी, पूर्व वडाध्यक्ष चुडामणि पहारी, सहकारीका कानूनी सल्लाहकार अधिवक्ता कमल अर्याल, सल्लाहकार मेहरमान श्रेष्ठ, सामुदायिक सेवा केन्द्र, बैदामका अध्यक्ष नेत्रलाल भण्डारी, मितेरी नारी समूहका अध्यक्ष लक्ष्मी केसी, शेयर सदस्यको तर्फबाट जगन्नाथ पौडेललगायतले सहकारीका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
सहकारीका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पम्फा पहारी र सचिव भरत पौडेलले पनि बोलेका थिए भने सञ्चालक सदस्य चेतनारायण पाण्डेले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए ।
सो अवसरमा उत्कृष्ट कारोबारीका रुपमा पुष्पा पहारी र कौशिला खत्री, स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउन सफल प्रवेश ढकाल, एसईई परीक्षामा उत्कृष्ट अंंक ल्याउने सामुदायिक विद्यालयका तर्फबाट किशोर भण्डारी र निजी विद्यालयका तर्फबाट रोनिजमणि बराललाई सम्मान भएको थियो ।
त्यसैगरी, उत्कृष्ट बचत तथा ऋण कारोबार गर्ने ११ जना शेयर सदस्यलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । जसमा चुडामणि पहारी, बाटुली पौडेल, पुष्पराज ढकाल, सुब्बाकुमार श्रेष्ठ, मायादेवी अधिकारी, कमला थापा, पिताम्बर बाँस्तोला, सरस्वती ढुंगाना, विन्दु भुजेल, पार्वती पौडेल र सीता बाँस्तोला रहेका थिए । उत्कृष्ट कर्मचारीका रुपमा हिरा थापामगरलाई नगदसहित पुरस्कृत गरिएको थियो ।