April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

समाजवादी क्रान्तिका लागि विदेशीको थिचोमिचो गम्भीर चुनौती हो: देव गुरुङ

2.7K

लन्डन । माओवादी केन्द्रका महासचिव देव गुरुङले समाजवाद स्थापना गर्नका लागि पार्टीले तीन महिने जनतासँग विशेष रुपान्तरण अभियान थालेको बताए । जनप्रगतिशील मञ्चद्वारा बेलायतस्थित अल्डरसर्टमा आयोजित वार्षिक भेटघाट तथा विभिन्न चाँडपर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवाद स्थापनाका लागि दुईवटा गौडा रहेको र पहिलो गौडा जनयुद्धको बलमा सामन्तवादी निरंकुश सत्ता फ्याँकेर जनताको सत्ता ल्याएपछि पुरा भएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै महासचिव गुरुङले भने, ‘तीन महिने पार्टीको अभियान किन त ? यसका पछाडि तीनवटा कारण छन् । पहिलो नेपालको राष्ट्रिय राजनीतिमा समाजवादी क्रान्तिको विकल्प छैन । अथवा समाजवादी सत्ता स्थापना गर्नुको विकल्प छैन । त्यसका लागि हामीले दुईवटा गौडा पार गर्नुपर्छ । पहिलो सामन्तवादको नेतृत्व गरिरहेको राजतन्त्र फ्याँकेर एउटा गौडा पार गरिएको छ । दोस्रो गौडा भनेको बाँकी छ । त्यो भनेको विदेशीको थिचोमिचो हो । समाजवादी क्रान्तिका लागि विदेशीको थिचोमिचो गम्भीर चुनौती हो । यो समस्या नपञ्छाइकन समाजवादी क्रान्ति सम्भव छैन ।’

माओवादी जनयुद्धले सामन्तवादीहरुको निरंकुश सत्ता फ्याँके पनि समाजवादका लक्ष्यमा जानका लागि आधारभूत रूपमा नै बाँकी रहेको महासचिव गुरुङले बताए । सम्पूर्ण कम्युनिस्ट शक्ति, देशभक्त तथा गणतन्त्रवादीलाई एकीकृत गरेर मात्रै समाजवादतर्फ जान सकिने महासचिव गुरुङले बताए । ‘समाजवादी लक्ष्य पूरा गर्नका लागि सम्पूर्ण कम्युनिस्टहरू, देशभक्त तथा गणतन्त्रवादीहरू मिल्नुको विकल्प छैन तर त्यसभन्दा पहिला मेचीदेखि महाकालीसम्मका समाजलाई एकताबद्ध गर्न जरुरी छ’, उनले भने ।

Advertisement

उत्पीडित जाती, क्षेत्र, समुदाय लगायतको मुक्ति विना समाजवादमा जान नसकिने र त्यसको मुक्ति दिने काम माओवादीले मात्रै गर्ने पनि दाबी गरे । उत्पीडितहरुको पहिचानको रक्षा गर्ने काम माओवादीले मात्रै गर्ने बताए । उनले राष्ट्रिय एकता विना समाजवादी क्रान्ति सम्भव नभएको पनि दोहो¥याए ।

माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले निर्ममतापूर्वक भ्रष्टाचार विरोधी अभियान चालेको बताए । उनले विदेशी शक्तिकेन्द्रले प्रचण्ड नेतृत्वको सरकार र यस सरकारले गरेको जनपक्षीय कामलाई पचाउन नसकेको पनि बताए । भ्रष्टाचार विरोधी अभियान सरकारले सुरु गर्दा जन समर्थनले मात्रै टिकेको पनि बताए । उनले भने, ‘भ्रष्टाचार विरोधी अभियान सुरु गरेकाले धेरैलाई पचेको छैन । जनताको व्यापक समर्थनले मात्रै प्रचण्ड सरकार टिकेको छ । यो सरकार कुनै पनि हालतमा टिकाउनु छ,झ उनले भने,ञभ्रष्टाचार विरोधी अभियानमा जनतालाई ठीक ढंगले सम्प्रेषण गर्न सकियो भने जनताले साथ दिन्छन् । जनताको साथ र समर्थनले तेस्रो दल, सानो दल भएको भएता पनि ठूला दलहरूलाई कुनै न कुनै रूपमा मिलाउँदै मिलाउँदै, राष्ट्रिय सहमति भन्दै भन्दै अहिले मुलुकको नेतृत्व गरिरहेका छौं ।’

यतिबेला माओवादीले देशको नेतृत्व नगरेको हुन्थ्यो भने विदेशी सेनाले देशमा परेड खेल्ने ठाउँ बन्ने पनि उनको दाबी थियो । उनले भने, ‘तेस्रो दल भए पनि अहिले मुलुककै नेतृत्व गर्ने अभिभावकीय जिम्मेवारीमा माओवादी छ । मुलुकको अगुवाइ माओवादीले गरिरहेको छ । यतिखेर माओवादीले यो भूमिका नखेलेको हुँदो हो त यतिखेर नेपालमा बिदेशी सेनाले परेड खेल्ने ठाउँ बन्थ्यो । यतिखेर नेपाल विगतको अफगानिस्तान जस्तो द्वन्द्वग्रस्त क्षेत्र बन्थ्यो । माओवादीले पहल नगरेको भए नेपाल यतिबेला युक्रेन बनिसक्थ्यो । यो अवस्थाबाट बचाएर ल्याउने काम माओवादी केन्द्रको नेतृत्वले गरिरहेको छ,झ महासचिव गुरुङले भने,ञअहिले माओवादी प्रति जन विश्वास बढेर गएको छ । नेपालदेखि विदेशसम्म पार्टी प्रवेशको लहर चलिरहेको छ । यो जनलहरको एकताले देशको रक्षा गर्नेछ । यसले नेपालको पुँजीवादी गणतन्त्रलाई जनताको समाजवादी गणतन्त्र स्थापना गर्न होस्टेमा हैसे पुग्नेछ । मद्दत पुग्नेछ ।’