November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

जसपा, नेपाल इलामको पुनर्गठन

1.1K

इलाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला समिति इलामको पुनर्गठन भएको छ ।

इलाम जिल्लाको मौजुदा समिति तथा पालिका वडा समितिबाट आएका प्रतिनिधिहरुको उपस्थितिले छिकिन तामाङ को अध्यक्षता मा ७ सदस्सिय पदाधिकारीसहित ३१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा क्रमशः धनसिङ राई, याम लिम्बु, सचिवमा सुवास चौरासे, उपसचिवहरुमा खेमकुमारी राई, रोशन योङाङ, कोषाध्यक्ष राम लिङ्दम निर्वाचित भएका छन् ।

Advertisement

सल्लाहकार समितिको अध्यक्ष कमल चाम्लिङ, सदस्य डिबि गुरुङ, बखत आङ्देम्बे छन् ।

पार्टीका केन्द्रीय सदस्य लोकसागर सम्बाको प्रमुख आतिथ्यतामा सम्पन्न पुनर्गठन कार्यक्रममा केन्द्रीय सदस्य लासाङ तामाङ, प्रदेश समितिका उपाध्यक्ष तथा लिम्बुवान राष्ट्रिय समिति इन्चार्ज प्रेम वनेम, प्रदेश उपाध्यक्ष तथा किरात राष्ट्रिय समिति इन्चार्ज दिपेश राई, १ नं. प्रदेश निर्वाचन आयोग अध्यक्ष बिनोद नेम्वाङ, लिम्बुवान राष्ट्रिय समितिका मुख्यसचिव केदार धिमाल, सचिव सन्जय राई, समाजवादी विद्यार्थी युनियनका उपमाहसचिव रन्जित साम्पाङ, प्रेस मन्च नेपालका सुसन राईलगायतको उपस्थिति रहेको थियो ।