April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

1.2K

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ (५) अन्तर्गत संख्या पुर्याएर कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।

माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोको पनि दाबी रहेकोमा प्रदेश प्रमुखले दुवै पक्षलाई सनाखतको लागि शनिबार बोलाएका थिए । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् ।

कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन्, जुन बहुमत हो ।

Advertisement