November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कोशी प्रदेशको मुख्यमन्त्रीमा दोहोरो दाबी पर्ने

1.7K

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दोहोरो दाबी पर्ने भएको छ । माओवादी र कांग्रेस संस्थापन पक्ष माओवादीका इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय पुगेका छन् भने एमाले शेखर पक्षका पनि मुख्यमन्त्रीको दाबी पेश गर्न छुट्टाछुट्टै हस्ताक्षर लिएर प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेका हुन् ।

कांग्रेसको शेखर कोइराला पक्षले प्रदेश सभा सदस्य केदार कार्कीलाई एमालेको सहयोगमा मुख्यमन्त्री बनाउन चाहेको छ । शेखरपक्षका ८ सांसद र एमालेका उपसभामुखसहित ४० सांसदको हस्ताक्षर जुटाए मुख्यमन्त्री बन्न समस्या छैन ।

Advertisement