April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखा बेलायतको कार्यसमितिले पूर्णता पायो

7.5K

लन्डन – विश्व नेपाली साहित्य महासंघ (विनेसाम), पश्चिमा बेलायत शाखाको नयाँ कार्यसमितिले पूर्णता पाएको छ ।

गत नोभेम्बर २७ मा भएको शाखाको अधिवेशनबाट लाल सुन्दर राई अध्यक्षमा दोश्रो पटक निर्वाचित भएको भए पनि उनको नेतृत्वको कार्यसमितिले पूर्णता पाउन बाँकी थियो ।

तर गत जनवरी १ मा बसेको प्रथम बैठकले कार्यसमितिको नामावलीलाई अन्तिम रुप दिएको हो । जसअनुसार उपाध्यक्षमा भारत राई र जानु लिम्बु, सचिवमा शान्ती लिम्बु, सहसचिवमा हरी राई र कोषाध्यक्षमा नानु थापा मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा मनु पाइजा, जय तामाङ, गंगा राना, मुकेश राई, गोमा राना, जीत बुढाथोकी छन्त्याल, सीता शेरचन, झलम राई, हेमकुमार राई र होम सुनुवार रहेका छन् ।

Advertisement

सल्लाहकारहरुमा भने खेम गुरुङ, चन्द्रकला लिम्बु, बिष्णु सिरिष र रिम गलामी चार जनाको नाम समावेश छ ।

विश्व नेपाली साहित्य महासंघ, पश्चिमा शाखा बेलायतको स्थापना ४ मे २०१८ मा भएको थियो । कोभिड-१९ का कारणले केही लम्बिन पुगेको अढाइबर्षको कार्यकालमा स्रष्टाहरुका कविता एवम् पुस्तकहरुको विमोचन, साहित्यिक समारोह र त्रैमासिक गोष्ठी जस्ता महत्वपूर्ण कार्यक्रमहरु भएको थियो ।

अध्यक्ष राई भन्नुहुन्छ – “विनेसाम पश्चिमा शाखा बेलायत प्रवासी नेपाली मनहरु प्रवासमै रहेर पनि स्वदेशको मनदेखि सम्झनाको छहरा छल्काउने चौतारी हो । रोधी बसिन्छ साहित्यक चुलो बसाएर। त्रैमासिक साहित्य गोष्ठी संचालनमा अघि बढ्दै नेपाली साहित्यिक नभमा युगौं चम्किरहने नक्षत्रहरूको उत्सव मनाउने हाम्रो यो सालको योजनाहरुमा भुपी शेरचन, पारीजात वा ईमानसिं चेम्जोङ्ग मद्मे एक परेका छन्।”