विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कार्कीले राजीनामा दिएका हुन् ।
उनले एमाले जस्तोसुकै सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्न प्रतिबद्ध भएको बताउँदै आफ्नो पार्टी जस्तोसुकै त्याग गर्न तयार रहेको बताए । स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलीजुली बनाउनु नै अन्तिम विकल्प भएको उनले दाबी गरे ।
उनले प्रदेशसभाको दोस्रो कार्यकालमा दुईपटक मुख्यमन्त्री हुने अवसर पाएको भन्दै उनले खुसी व्यक्त गर्दै आफू प्रदेशको सर्वोच्च कार्यकारी प्रमुखको भूमिकामा रहँदा प्रदेशको आर्थिक समृद्धिमा लागि परेको बताए । ‘एमाले संवैधानिक सर्वोच्चताको पक्षमा रहेको छ । म दुई पटक अदालत जानु पदका लागि होइन,’ उनले भने ।