April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

संसारकै सबैभन्दा कम उमेरका ‘शेफ’

3.7K

एजेन्सी – यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा एक वर्षका बालक खाना बनाइरहेको देख्न सकिन्छ । उनको नाम हो- कोबी ।

उनी अमेरिकाको भर्जिनियाका बासिन्दा हुन् । उनी सोसल मिडियामा खाना बनाउने विभिन्न नयाँ तरिका शेयर गरिरहेका हुन्छन् । जसको भिडियो सोसल मिडियामा अत्याधिक मन पराइएको पनि छ ।

उनको कोबी ईट्स नामक एक इन्स्टाग्राम अकाउण्ट पनि रहेको छ । जसमा २५ लाख भन्दा धेरै फलोअर्स छन् । अकाउण्ट भने उनका आमा बुवाले म्यानेज गरेका छन् ।

Advertisement

उनको एक यूट्युब च्यानल पनि छ । जसमा लाखौँ सब्स्क्राइब रहेको छ ।

एजेन्सीको सहयोगमा