April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाल र लाओसबीचको खेल  हेर्न टिकट दर निर्धारण

1.2K

काठमाडौं । नेपाल र लाओसबीचको खेलको टिकट दर निर्धारण गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिफा विश्वकप–२०२६ को प्रारम्भिक छनोट चरणअन्तर्गत दुई देशबीचको खेलका लागि टिकट दर निर्धारण गरेको हो ।

एन्फाका अनुसार साधारण पारापिटतर्फ ३ सय रुपैयाँ र भिआईपी पारापिटतर्फ ५ सय रुपैयाँ कायम गरिएको छ ।

खेलको टिकट अखिल नेपाल फुटबल संघ आफैँले व्यवस्थापन गरी बिक्री गर्नै बताइएको छ ।

Advertisement

खेलको लागि लावस ९ अक्टोबरमा नेपाल आउने र प्रशिक्षणको लागि च्यासलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको बताएको छ ।

प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४ सय रुपैयाँ रहेको बताइएको छ ।

खेल असोज २५ गते दशरथ रंगशालामा हुनेछ ।