April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

लिङ्देनले भने ‘कोशी प्रदेशमा राप्रपाले के गर्दा राम्रो होला ?’

1.1K

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष्य राजेन्द्र लिङ्देनले ‘कोशी प्रदेशमा राप्रपाले के गर्दा राम्रो होला ?’ भन्दै कोशी प्रदेश सरकारबारे निर्णय लिन सामाजिक सञ्जालबाट सुझाव मागेका हुन् । उनले मंगलबार फेसबुकमार्फत सुझाव मागेका हुन् ।

सोमबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कोशी प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई दिएको थियो । ‘कोशी प्रदेश सरकारको सम्बन्धमा उपयुक्त समयमा पार्टीको पदाधिकारीहरूसँग परामर्श गरी पार्टी अध्यक्षले टुंगो लगाउने निर्णय भएको छ,’ प्रवक्ता मोहनकुमार श्रेष्ठले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोशीमा सरकार निर्माणका लागि राप्रपाको मत महत्त्वपूर्ण छ । अहिले राप्रपाले कोशीमा एमालेलाई साथ दिएको छ । तर, एमाले र राप्रपा मिलेको अवस्थामा पनि बहुमत पुग्दैन । उता सत्ता गठबन्धनले पनि सरकार गठनका लागि बहुमत पु¥याउन सकेको छैन । यस्तो अवस्थामा गठबन्धनले राप्रपाको साथ पाएमा सरकार बन्ने देखिन्छ ।

Advertisement

राप्रपा र एमालेको सहकार्य रहीरहने र गठबन्धन त्यसको विपक्षमा हुँदा सरकार गठनका लागि आवश्यक बहुमत नपुगी मध्यावधिसम्मको अवस्था सिर्जना हुने देखिएको छ ।