April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

मादक पदार्थ सेवन गरिरहेका दुई युवाबीच झडप, इलामका गोविन्द लिम्बुको हत्या

1.5K

विराटनगर । झापाको दमकमा दुई युवाबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रवार बिहान छुरा प्रहारबाट एकको हत्या भएको हो ।

प्रहरीका अनुसार इलाम चुलाचुली गाउँपालिका–३ घर भएका अन्दाजी ३० वर्षका गोविन्द लिम्बुको हत्या भएको हो ।

स्थानीयका अनुसार दमक नगरपालिका–१ कुमाल चोकमा रहेको ‘रुवल माछा फ्राई’मा उक्त घटना भएको हो । राति अबेरसम्म मादक पदार्थ सेवन गरिरहेका सँगैका साथीहरूबीच शुक्रवार बिहान ४ बजे विवाद हुँदा लिम्बू माथि छुरा प्रहार भएको बुझिएको छ ।

Advertisement

घटनामा अनुसन्धानका लागि केही व्यक्तिलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।