April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

मुख्यमन्त्री हिक्मत कार्कीले गरे मन्त्रीपरिषद् विस्तार, १२ मन्त्रालय ९ मन्त्री

1.1K

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले ९ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका हुन् ।

कोशी प्रदेशमा मन्त्रालयको संख्या १२ पुगेको छ । मुख्यमन्त्री मातहत ३ मन्त्रालय रहेकाले हाल कोशी प्रदेशमा मन्त्रालयको सङ्ख्या १२ पुगेको हो । मुख्यमन्त्री कार्कीले २ मन्त्री सहित २ राज्यमन्त्री थप गरेका छन् । थप राज्यमन्त्रीमा सुनसरी क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद रामप्रसाद मेहता कृषि सहकारी राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री चयन भएका छन् भने मुख्यमन्त्री कार्की मातहत कृषि सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकाश मन्त्रालय छ ।

यसअघि खानेपानी मन्त्री रहेका तिलकुमार मेन्याङ्बोले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । पाँचकर्ण राईले पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाए । त्यस्तै भौतिक पूर्वाधार मन्त्री एकराज कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी र खानेपानी सिँचाई तथा ऊर्जा मन्त्रीमा बुद्धिकुमार राजभण्डारी नियुक्त भएका छन् । सृजना राई यसअघि नै सामाजिक विकाश राज्यमन्त्रीको जिम्मेवारीमा छिन् ।

Advertisement

सर्वोच्च अदालतले भदौ २२ मा संविधानको धारा १६८ ९३० अनुसार ठुलो दलको हिसाबमा सरकार गठन गर्न आदेश दिएपछि मुख्यमन्त्री भएका कार्कीले मन्त्रालय विस्तार गरेका हुन् । कार्कीले असोज २० भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहे पनि कार्कीले विश्वासको मत पाउने अवस्था छैन । हालसम्म राप्रपा बाहेक कुनै पनि दलले समर्थन गर्ने प्रतिबद्धता जनाएका छैनन् । विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्रीलाई राप्रपा बाहेक अन्य दलले समर्थन गर्नुपर्ने हुन्छ ।