काठमाडौं । नेपाल यू-१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सोमबार खेलिएको समूहगत चरणको आफ्नो दोस्रो खेलमा माल्दिभ्सलाई ४-१ गोलले हराउँदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
समूह ‘ए’ बाट पाकिस्तान चार अंकसहित पहिलो हुँदै सेमिफाइनलमा पुग्यो । नेपाल भने तीन अंकसहित दोस्रो हुँदै अगाडि बढेको हो ।
यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली पाकिस्तानसँग ०-१ गोलले पराजित भएको थियो । पाकिस्तान र माल्दिभ्सबीचको खेल भने १-१ गोलको बराबरीमा सकिएको थियो ।
समूहगत चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएपछि माल्दिभ्स भने उपाधि होडबाट बाहिरिएको छ ।