April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ह्युम पाइप उद्योग संगठनको साधारण सभा सम्पन्न अध्यक्षमा आचार्य निर्वाचित

1.5K

काठमाडौं । ह्युम पाइप उद्योग संगठन नेपालको १२ औं वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौ स्थित लर्ड पार्टी भेन्यु धुम्वाराहीमा भएको राष्ट्रिय भेलाले कुलप्रसाद (केपी) आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गर्दै सम्पन्न भएको हो ।

समितिको उपाध्यक्षमा मुकुन्द गौतम र उपेन्द्र विष्ट र हरीहर नेपाल महासचिवमा नारायण बहादुर खत्री सचिव सन्ताष अधिकारी कोषाध्यक्ष सञ्जयराज श्रेष्ठ चयन भएका छन् । यस्तै समितिका सदस्यहरुमा पवन भट्ट, गोपाल खड्का, बाबुराम रेग्मी, दाउत तामाङ, विकेन्द्र मानन्धर र ज्योती रिजाल सर्वसहमत चयन भएका छन् ।

भेलामा संस्थाका कोषाध्यक्ष मनोहरी जोशीले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेका थिए । जोशीले विभिन्न आर्थिक वर्षमा संगठनले गरेका आर्थिक कृयाकलापका प्रतिवेदन पेश गर्दै संस्थालाई अगाडी वढाउने रणनितिक योजना प्रस्तुत गरेका थिए भने अध्यक्ष कुसुमकुमार कार्कीले ससंस्थाको प्रतिवेदन पेश गरेका थिए ।

Advertisement

कार्कीले व्यवसायीक हकहित र अधिकारका लागि संगठन जरुरी भएको भन्दै संगठित भएर अगाडी वढेमा आइपर्ने यावत खाले चुनौतिलाई सामना गर्न सजिलो हुने उनको भनाई थियो । पेशा व्यवसायमा सबै खालका मानिसहरुसँग व्यवसायीक सम्वन्ध राख्नु पर्ने भन्दै उनले प्लाष्टिक जन्य पाइपसँग ह्युम पाइपको कुनैपनि तुलना नहुने भन्दै सरकारले समेत स्थानिय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

उनले संगठनको सुुदृढिकरणको लागि १२ वुँदे कार्ययोजनासमेत पेश गर्दै उद्योग व्यवसायमा भैपरी आउने दुर्धटना व्यवस्थापन, गुणस्तरीय सामाग्री उत्पदनमा महत्व दिने, उद्योगलाई आवश्यक पर्ने विभिन्न खालका ज्ञान र सीप प्रदान गर्नुपर्ने, कर र करजन्य समस्या समाधानमा ध्यान दिने, संघहरु प्रदेश स्तर सम्म गठन र पूनर्गठन गर्दै लैजाने, व्यवसायीलाई संगठित गर्ने उद्योगसँग सम्वन्धित कानुन निर्माणमा पहल गर्ने जस्ता विषयहरु समावेश गरिएको छ ।

कार्यक्रममा संस्थाका निर्वाचित अध्यक्ष आचार्यले प्रतिबद्धता मन्तव्य राख्दै उद्योगमा थु्प्रैखाले समस्या र चुनौतिहरु रहेको भन्दै समाधानमा सवैको सक्रियता आवश्यक रहेको औल्याए । उनले राष्ट्रिय अर्थतन्त्रमा व्यापार घाटा भइरहेको सन्दर्भमा स्वदेशी कच्चा पदार्थबाट बनेका ह्युम पाइपलाई सरकारलेसमेत प्रवर्धन गर्नुपर्ने भन्दै राज्य यस विषयमा गम्भिर हुनुपर्ने बताए ।

कार्यक्रमको संचालन संघका सञ्जयराज श्रेष्ठ र स्वागत मन्तव्य भानुभक्त शर्माले राखेका थिए ।