April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

भक्तपुरमा छन्द कविता गोष्ठी सम्पन्न

1.3K

काठमाडौं । भक्तपुरमा छन्द कविता गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । संविधान दिवसका अवसरमा मंगलबार कमलविनायक, भक्तपुर स्थित रोम्बस कलेजमा साहित्य सञ्चार कार्यक्रमको पहिलो श्रृृङ्खलामा छन्द कविता वाचन कार्यक्रम सम्पन्न भएको हो।

समग्र अध्ययन अनुसन्धान केन्द्र, नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संंस्थाका अध्यक्ष छन्द विज्ञान निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुुख अतिथि भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट रहेका थिए ।

कार्यक्रममा नारायणप्रसाद निरौला, गणेश घिमिरे ‘मार्मिक’, लुुमणिप्रसाद खनाल, रामशरण न्यौपाने, डा. राजेन्द्र कोजू, सुशीला धमला, डिल्लीप्रसाद मूूलतिहुन, शान्ति सापकोटा, देवीप्रसाद मिश्र एवम् छन्दविज्ञान निरौलाले कविता वाचन गरेका थिए । कार्यक्रममा अधिकांश कविले छन्द कविता वाचन गरिएको थियी भने केही कविले गद्य कविता वाचन गरेका थिए ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि डा. पुष्करराज भट्टले वाचित कवितामाथि टिप्पणी गर्दै वर्तमानका अधिकांश कविले राजनीतिकर्मीका दोष पक्ष मात्र देखाउने गरेकोले अबका दिनमा नेपाली स्रष्टाहरूले पृृथक विषयवस्तु एवं कलाका माध्यमबाट अघि आउनुपर्ने विचार व्यक्त गरे ।

यस्तै, कार्यक्रममा बोल्दै रोम्बस कलेजका प्रमुख एवं संस्थाका उपाध्यक्ष डा. राजेन्द्र कोजूले समग्र अध्ययन अनुुसन्धान केन्द्रले ज्ञानविज्ञानका विभिन्न क्षेत्रमा काम गरिरहेको जानकारी दिएका थिए।

संस्थाका सचिव रामकुमार खडकाको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रममा कोषाध्यक्ष मुकेश तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा काठमाडौं वरपरका ३० जना जति स्रष्टाहरूको उपस्थिति थियो ।