April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भोजपुरमा वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने

5.1K

टोकियो । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा पुरुष तथा वडास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । सेवा जापानिज ल्याङ्ग्वेज स्कुलको प्रायोजन तथा डायमन्ड युथ क्लव र नेफिन, जापानको संयुक्त आयोजनामा वडा नम्बर ४, खाटाम्मा, दुङ्मामा साविक वडास्तरीय पुरुष तथा वडास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।

आयोजकका अनुसार प्रतियोगिता कार्तिक १७ गतेबाट सुरु हुने छ । प्रतियोगिता पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाको प्रमुख आतित्थ्य र साल्पसिलिछो गाउँपालिकाका अध्यक्ष दौलत कुलुङको विशेष आतित्थ्यमा हुने संयोजक भविन्द्र कुलुङले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार नगद ५० हजार , शील्ड, मेडल र प्रमाणपत्र रहेको छ भने दोस्रो पुरस्कार नगद ३० हजार मेडल तथा प्रमाणपत्र रहेको छ । यस्तै, तेस्रो पुरस्कार नगद १५ हजार, मेडल तथा प्रमाणपत्र र
सान्तवना पुरस्कार नगद १० हजार मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Advertisement

यस्तै, उत्कृष्ट खेलाडीका लागि नगद ३ हजार, ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट स्पाइकरका लागि १ हजार पाँछ सय, ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट ब्लकरका लागि नगद १ हजार पाँछ सय, ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट डिफेन्डर १ हजार पाँछ सय, ट्रफी तथा प्रमाणपत्र र उत्कृष्ट लिफ्टरका लागि १ हजार पाँछ सय ट्रफी तथा प्रमाणपत्र रहेको छ ।

यसैगरी महिला तर्फ प्रथम पुरस्कार २५ नगद हजार, शील्ड, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद १५ हजार, मेडल तथा प्रमाणपत्र, तेस्रो पुरस्कार १० हजार, मेडल तथा प्रमाणपत्र, सान्तवना पुरस्कार पाँछ हजार, मेडल तथा प्रमाणपत्र रहेको छ ।

उत्कृष्ट महिला खेलाडीका लागि १ हजार पाँच सय, ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सर्भरका लागि नगद १ हजार ट्रफी तथा प्रमाणपत्र रहेको छ ।

आतोजकका अनुसार ‘इन्ट्री फी’ पुरुषतर्फ रू. ३ हजार पाँच सय एक र महिलातर्फ एक हजार पाँच सय एक रहेको छ ।

खेल कार्तिक १७ गते श्री जाल्पादेवी माद्यामिक विद्यालयमा बिहान १० बजेबाट सुरु हुने छ ।