November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

मुख्यमन्त्री उद्धव थापा पदमुक्त

1.6K

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले अब ४८ घण्टाभित्र धारा १६८ उपधारा ३ अनुसार संसदको ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएसँग उनी स्वत: पदमुक्त भएका हुन् ।

भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि प्रतिपक्षी दलका नेता हिक्मत कार्कीले उत्प्रेषणयुक्त परमादेश अथवा उपयुक्त आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिटमा न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले उक्त आदेश दिएको हो।

Advertisement