April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा सिधा उडान हुने

1.7K

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ ।

काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा कम्पनीले १२ भदौ २०८० (मंगलबार)देखि नियमित उडान गर्ने घोषणा गरेको हो ।

उडान तालिका अनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्ने भएको छ । तत्पश्चात ट्रान्जिट भइ हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् ।

Advertisement

चेक इन गर्दा नै गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

यात्रुहरुले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी निगमको टिकट किन्न सक्ने भएका छन् । यसअघि निगमले क्वालालाम्पुरलाई भैरहवासँग जोडेर नियमित उडान गरिरहेको छ । निगमको यो उडानसँगै अब भैरहवामा समेत यात्रुले सहज सेवा पाउने अपेक्षा गरिएको छ ।