May 11, 2025, Sunday
२०८२ बैशाख २८
1:37:26 pm

नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर २ को कार्यालयमा आगलागी

1.6K

काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर २ को बुङताङस्थित कार्यालयमा आगलागी भएको छ । शनिबार राति भएको आगलागीबाट चार लाख ३१ हजार बराबरको क्षति भएको छ ।

आगलागी हुँदा वडा कार्यालयभित्र रहेका दुई थान कम्प्युटर, प्रिन्टर, सम्पूर्ण कागजपत्र, दराज, कुर्सी, सोफा, छाप, दलिनसमेत जलेको प्रहरीले जनाएको छ ।

आगलागी के कति कारणले भएको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement