November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सप्तकोशी नदीमा सुरक्षा निकायका प्रमुखहरुको स्थलगत निरीक्षण

1.4K

बिराटनगर। सप्तकोशी नदीमा पानीको वहाव उच्च भए
संगै कोशी प्रदेशका सुरक्षा निकायका प्रमुखहरुको टोलीले स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् । टोलीले सोमबार नदीको निरीक्षण गरेको हो ।

सप्तकोशी नदीमा पानीको वहाव बढेर खतराको रेखा पार गरे पश्चात कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलासहित सुरक्षा निकायका प्रमुखहरुको टोलीले सुरक्षा सम्वेदनशीलतालाई मध्यनजर गरी सप्तकोशी नदीको स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन् ।

सोमबार सप्तकोशी नदीमा पानीको वहाव बढेर ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पुगे पश्चात ५६ वटै ढोका खुल्ला गरिएको थियो ।

Advertisement