April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

धर्ना दिन बसेका स्वतन्त्र निजामती कर्मचारी संगठनका अध्यक्ष र महासचिव प्रहरी नियन्त्रणमा

1.5K

काठमाडौं । सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन बसेका निजामती कर्मचारी स्वतन्त्र निजामती कर्मचारी संगठनका अध्यक्ष पशुपति पोखरेल र महासचिव मीनबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विधेयकको माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले १० बुँदे माग राखेर आन्दोलन गरिरहेको छन् । सरकारले आफ्नो माग पूरा गर्न वास्ता नगरेको भन्दै सिंहदरबार दक्षिण गेट अगाडि धर्ना बसेका उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गर्नु पर्ने, टिप्पणी पेश गर्नेलाई कारबाही र निर्णय गर्नेलाई उन्मुक्ति दिन नहुने, उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, आधारिक ट्रेड युनियनको व्यवस्था गरी निर्वाचन गर्नुपर्ने, सचिव र सहसचिवको सरुवा एक वर्षभन्दा कम समयमा गर्न नहुने, निजामती अस्पताल सुधार गर्नु पर्ने, करार, ज्यालादारी कर्मचारीको व्यवस्थापन गर्नुपर्ने लगायतको संगठनको १० बुँदे माग रहेको छ ।

Advertisement