April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

१७ जना लघुवित्त पीडित प्रदर्शनकारी पक्राउ

1.7K

काठमाडौँ । नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्ने १७ जना लघुवित्त पीडित पक्राउ परेका छन् । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लघुवित्त पीडितहरुलाई पक्राउ गरेको हो ।

विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद घेर्न नयाँ बानेश्वर पुगेका लघुवित्त पीडितहरु र प्रहरीबीच धकेलाधकेल भएको छ ।

पीडितहरुले नव लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्नुपर्ने, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग गर्दै आएका छन् ।

Advertisement