November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

बागमती प्रदेशसभाको बैठक ११ बजेदेखि

1.7K

हेटौडा । बागमती प्रदेश सभा भवन, हेटौँडामा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

आर्थिक वर्ष २०८०–०८१ को विनियोजन विधेयकमाथि छलफल गर्दै प्रदेशका मन्त्रीहरूले प्रतिपक्ष दलहरूले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरू कार्यान्वयन गरेर अघि बढ्ने बताएपछि बैठक बस्ने भएको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा विभेद गरेको भन्दै बजेटमाथिको छलफल चलाउन दिएको थिएन, तर बाग्मती प्रदेश सरकारले प्रतिपक्षका मागसमेत सुनवाइ गरेर अघि बढ्ने प्रतिबद्धता जनाएपछि बुधवारबाट बैठक सुचारु भएको हो ।

Advertisement

बुधबारको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपक्षी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।