April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सिन्धुलीको मरिण गाउँपालिकाले भव्य रुपमा मनायो राष्ट्रिय धान दिवस

9.2K

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले २० औं राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ महोत्सव सम्पन्न गरेको छ । बाग्मती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ र प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालको उपस्थितिमा रोपाइँ महोत्सव मनाइएको हो ।

महोत्सवमा संघीय सांसद दाहाल र प्रदेशमन्त्री श्रेष्ठले गोरु र ट्र्याक्टर चलाउँदै रोपाइँमा साथ दिनुका साथै रोपाहारहरूसँगै उत्साहजनक रूपमा धानको बीउ पनि रोपेका थिए। महोत्सवमा स्थानीय किसानहरूको समेत बाक्लो उपस्थिति रहेको थियो ।

मन्त्री श्रेष्ठले मरिण क्षेत्रलाई धान उत्पादन पकेट क्षेत्र घोषणा गरिएको जानकारी दिए । उनले सुनकोसी मरिण डाइभर्सन आयोजनासँगसँगै मरिण नदी नियन्त्रण कार्य पनि हुँदै जाने र त्यसले मरिण र हरिहरपुरगढी गाउँपालिकामा हजारौं बिघा उर्वर जमिन उकास हुने भएकाले मरिण क्षेत्रलाई धान पकेट क्षेत्रको रूपमा अहिलेदेखि घोषणा गरी  विशेष प्राथमिकतामा राखेर धान उत्पादनको योजना निर्माण भइहेको बताए ।

Advertisement

त्यस्तै सांसद दाहालले यस क्षेत्रलाई सामूहिक खेती प्रणालीमार्फत नमुना कृषि उत्पादन क्षेत्र बनाउन पहल गर्ने कुरा बताए । 

रोपाइँ महोत्सवको अन्त्यमा सहभागी सबैले दही चिउरा खाएका थिए । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।