नेपाल मामिला संवाददाता
विराटनगर । पत्रकार बाबुराम मुडीयारीले जामुन फलको फोटो फेसबुकमा पोष्ट गर्दै लेखे –‘अग्र्यानिक जामुन फल खान तयार भयो । रू ३०० प्रति केजी । चाहिएमा सम्पर्क गर्नुस् होमडेलीभरीको व्यवस्था छैन । ताजा फल टिपेर दिईन्छ ।’
हाटबजारमा पनि प्रशस्त पाइन थालेको सिजनेवल फल जामुनको विज्ञापन पनि भएकोले मुडीयारीलाई बुझ्ने काम भयो । उनले एकै बोटमा वर्षमा २० जतिको बिक्री हुने जामुन उत्पादन भइरहेको जानकारी दिए ।
मोरङको ग्रामथान निवासी दुर्गा मुडीयारीको एक बोट जामुन रहेछ । जुन झोराहाट बजारदेखि १ किलोमिटर पूर्वमा पर्छ । सडकछेउमा रहेको जामुन लटरम्मै फलेका थिए । दुर्गा मुडीयारी पत्रकार बाबुराम मुडीयारीको काका रहेका कारण विज्ञापन गरेका रहेछन् । उक्त विज्ञापनमार्फत हालसम्म ९ हजारको विक्री भइसकेको र बाँकी त्यति नै विक्री हुने गरीका फल थिए । बाबुरामका अनुसार गाउँमा अन्य पनि धेरै जामुनका रुखहरु छन् । उनीहरुले वर्षेनी आम्दानीको बाटो पनि बनाएका छन् । बढिजसो घरमै आएर खरिद गरेको बताउने दुर्गाले हटिया लगेर बेचेका रहेछन् ।
तराईको घना जङ्गल र पहाडी क्षेत्रको वेशीमा प्रशस्त फल्ने जामुन आजकल बस्तीतिर पनि निकै पाइने गरेको छ । रोपेपछि छिटो बढ्ने यस रुखले सामान्यतया ५ वर्षमा फल दिन्छ । यो ३० मिटर अर्थात १०० फिटसम्म अग्लो हुन्छ । र, यो १०० वर्षसम्म बाँच्नसक्ने हुन्छ ।
यो रुख सकेपछि बन्ने काठ पानी प्रतिरोधी हुन्छ । जसलाई रेल स्लीपरहरूमा र इनारहरूमा मोट स्थापना गर्न प्रयोग गरिन्छ । यसको फर्निचर राम्रो भएपनि एकदमै साह्रो हुने भएकोले सिकर्मीले प्रयोग गर्न हतपत मान्दैनन् । पत्रकार मुडीयारीका अनुसार भुइँमा झरेको जामुनलाई भुइँमै रहनदिन वन समितिले अनुरोध गरेको छ । यसको कारण चाही उक्त विउबाट तयार भएको वेनालाई जङ्गलमा सारिन्छ । जङ्गली जनावारको लागि राम्रो आहारा रहेको तर जङ्गलमा मासिइदै गरेकोले वाँदरलगायतका जनावार गाउँ पसेको अनुमान वन्यजन्तु संरक्षणकर्ताहरुले गरेका छन् ।
के हो जामुन ?
जामुनको वैज्ञानिक नाम Syzygium cumini हो । एकपटक रोपेपछि नसुकुञ्जेल फल दिने सदाबहार वृक्ष हो । यसको फलहरू लगभग एक देखि दुई से.मी. व्यासको बैंगनी रंगका हुन्छन् । यो वृक्ष नेपाल लगायत भारत एवं दक्षिण एसियाको अन्य देशहरू एवं इन्डोनेसिया आदिमा पाइन्छ ।
यसलाई विभिन्न घरेलू नाम हुन्छन् । जामुन, राजमन, काला जामुन, जमाली, ब्लैकबेरी आदिको नामबाट चिनिन्छ । यो अम्लीय र कसैलो हुन्छ र स्वादमा मीठो हुन्छ । अम्लीय प्रकृतिको कारण सामान्यत यसलाई नुनको साथ खाईन्छ ।
जामुनका फाइदाहरु
जामुनको फल ७० प्रतिशत खाने योग्य हुन्छ । यसमा ग्लूकोज र फ्रक्टोज दुई मुख्य तत्वहरू हुन्छन् । फलमा खनिजको संख्या अधिक हुन्छ । अन्य फलको तुलनामा यो कम कैलोरी प्रदान गर्छ । एक मध्यम आकारको जामुन ३–४ कैलोरी दिन्छ । यस फलको बीजमा काबरेहाइड्रेट, प्रोटीन र कैल्शियमको अधिकता हुन्छ । यो फलाम तत्वको ठूलो श्रोत हो । प्रति १०० ग्राममा एक देखि दुई मि.ग्रा. आइरन हुन्छ । यसमा विटामिन बी, कैरोटिन, मैग्नीशियम र फाइबर हुन्छ।
जामुनको स्वाद मिठो हुन्छ । जामुनलाई अंग्रेजीमा ब्ल्याकबेरी (द्यबिअप द्यभचचथ) भनिन्छ । आजकाल हरेक घरमा ब्लड सुगर रोग भएकाले जामुनलाई महत्वपूर्ण औषधिको रूपमा मानिएको छ । काचो भएमा हल्का टर्रो र पाके पछि मिठो हुन्छ । अधिकांश वैद्यहरूले यस्को बोक्रा फालेर दानालाई पिसेर पाउडर बनाएर मधुमेहको रोगीलाई दिदा ठिक हुने कुरा लेखेको छ । तर यो गलत व्याख्या गरिएको छ । यसरी बनाएको औषधिमा गुण न्युन हुनसक्छ ।
जामुनको फल सुकाउने र पिसेर पाउडर बनाएर प्रयोग गरेमा मधुमेहको दोहोलो गर्छ भन्ने कुरा आयुर्वेदिक ग्रन्थमा उल्लेख गरिएको छ । यसलाई आफ्नो खानमा नियमित रुपमा खादा निकै फाइदा हुन्छ । जामुनको फलमा पाइने केही रसायनले रगतमा सुगर लेवल नियन्त्रण गर्न धेरै काम गर्छ ।
जामुन मौसमी फल भएको कारण यो सधैँ पाउन सकिँदैन । तर पाकेको जामुनको फल जम्मा गरेर सुकाएर राखेमा अन्य मौसममा औषधिको रूपमा यसलाई प्रयोग गर्न सहयोग पुग्नेछ । जामुन जति स्वादिलो हुन्छ, त्यति नै यसका औषधीय गुणहरुले पनि यो पूर्ण रहेको पाइन्छ ।
यसमा खनिजको मात्रा पनि अधिक हुन्छ । यसको बीउमा कार्बोहाइड्रेट, प्रोटिन र क्याल्सियम अधिक मात्रा पाइनुका साथै आइरन, भिटामिन र फाइबर पाइन्छ । डायबेटिजको उपचारका लागि जामुन धेरै नै उत्तम मानिन्छ । मधुमेहका रोगीले जामुनका दानालाई सुकाएर, पिसेर नियमित सेवन गर्ने हो भने सुगरको रोगमा राम्रो फाइदा पुग्दछ ।
जामुनका अन्य प्रयोगहरु
काचो जामुनको सिजनमा काँचो र पछि सुकेको जामुनलाई माटाको भाडामा १ केजी जति २ पाथी जति पानीमा भिजाएर राख्ने २,३ दिनपछि विहान बेलुका जामुनको पाउडर एक चमच एक गीस रसमा हालेर नियमित सेवन गर्ने सुगर लेवल कम हुदै जानेछ ।
जामुनको रुखको बोक्रालाई केही घण्टा पानीमा भिजाएर राख्ने र त्यसको रसमा मह मिसाएर विहान बेलुका पिएको खण्डमा पायल्स रोग समेत निको हुन्छ ।
केमोथेरापी र रेडिएसनमा पनि जामुनको सेवनले राम्रो फाइदा हुने गर्दछ । जामुनको पाकेको फल खानाले पथरीमा फाइदा पुग्दछ ।
जामुनले शरीरको पाचनशक्तिलाई बढाउनका साथै यसले पेट सम्बन्धी विकारहरुलाई कम गर्दछ । मुखभित्र देखिने छालाका समस्यामा पनि जामुनको रस प्रयोग गर्नाले राम्रो फाइदा गर्दछ ।