काठमाडौं-वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृतिका लागि कम्पनीको नो अब्जेक्सन लेटर (एनओसी) अनिवार्य गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ बाट सिर्जित समस्यामा रोजगारी सुनिश्चित होस् भन्ने अभिप्रायले रोजगारदाताबाट रोजगार ग्यारेन्टी पत्र तथा एनओसी अनिवार्य गरिएको हो।
विभागले पुनः श्रम स्वीकृति अनलाईन प्रणालीमार्फत् दिन सुरु गरिसकेको छ।