April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बागमती प्रदेशसभाको बैठक आज बस्दै

1.7K

काठमडौैं । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०/८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्नेछन् ।

उक्त सर्वेक्षणमाथि प्रदेशसभा सदस्यले छलफलमा सहभागी भइ आ–आफ्नो धारणा राख्ने जनाइएको छ ।

आगामी असार १ गते बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री लामाले आव २०८०/८१ का लागि बजेट प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

Advertisement