April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

साउदी अरेबियाले कतारमाथि लगाएको नाकाबन्दी हटाएकोमा नेपालद्वारा स्वागत

3.3K

खाडी  मुलुक साउदी अरेबियाले तीन वर्ष लामो कतारमाथिको नाकाबन्दीलाई हटाएकोमा नेपालले स्वागत गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सो कुरा जनाएको हो।

परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उक्त कदमले जीसीसीका सदस्य मुुलुकहरूबीच रहेको महत्त्वपूर्ण विषय हल गर्न र खाडी क्षेत्रमा स्थायित्व र सहकार्यका लागि योगदान गर्ने उल्लेख छ ।

विज्ञप्तिमा भनेको छ, ‘जीसीसीका सबै मुलुकहरूसँग राम्रो दुईपक्षीय सम्बन्ध छ । नेपालले जहिले पनि गल्फ क्षेत्रमा शान्ति, स्थायित्व र विकासको शुभेच्छा राखेको छ ।’

Advertisement

खाडी क्षेत्रको एक शक्तिशाली राष्ट्र साउदी अरेबियाले कतारमाथि भूमि, हवाई र जल मार्गमा नाकाबन्दी लगाएको थियो । साउदी सहित निकटका मुलुकहरूले कतारलाई असहयोग गरेपछि इरान, टर्कीजस्ता मुलुकहरूले साथ दिँदै आएका  थिए ।

गल्फकोअपरेसन काउन्सिल (जीसीसी) को भेला सुरु हुनुअघि कतारमाथि लगाइएको नाकाबन्दीलाई हटाइने निर्णय गरिएको थियो । जीसीसीमा कतार, साउदी अरेबिया, यूएई, कुवेत, बहराइन र ओमान सदस्य रहेका छन्।