November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

साउदी अरेबियाले तीन वर्षपछि कतारमाथिको नाकाबन्दी हटाउँदै

7.6K

खाडी देश साउदी अरेबियाले  कतारमाथि लगाएको नाकाबन्दी तीन वर्षको अवधिपछि हटाउने भएको छ। बीबीसीका अनुसार साउदी अरबले कतारसँगको जमिन र समुन्द्री सीमा खुला गर्न लागेको  जनाएको छ।

साउदी अरेबियाले  मंगलबार गल्फकोअपरेसन काउन्सिल जीसीसीको सम्मेलनमा कतारमाथिको नाकाबन्दी हटाएको जानकारी दिने बताइएको छ। खाडी देशहरुको लागि यो ठूलो घटना हो किनभने कतारको छिमेकी देशहरुसँग विवाद छ।

कतारमाथि साउदी अरबसहित अन्य छिमेकी राष्ट्रले आतंकवादलाई बढावा दिएको आरोप लगाएका थिए। सन् २०१७ मा साउदीको नेतृत्वमा यूएई, बहराइन तथा इजिटप्ले कतारमाथि नाकाबन्दी लगाएका थिए। कतारमाथि व्यापारिक, राजनीतिक तथा यात्रा प्रतिबन्ध लगाइएको थियो।

Advertisement

कतार एक सानो तर धनी राष्ट्र हो। कतारले सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्दैछ। कतारले आतंकवादलाई समर्थन गरेको आरोपलाई दोहोर्याउँदै झुठो भएको बताउँदै आएको थियो।

तीनवर्ष लामो प्रतिबन्धले पनि कतारलाई कुनै असर नगरेपछि यतिबेला साउदी लगायतका मुलुकले कतारमाथिको प्रतिबन्ध हटाउन लागेको हो।
एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार विवाद समाप्त गर्नका लागि हस्ताक्षर हुनेछ |विश्लेषकहरुले सानो मुलुकसँग अन्ततः अरब झुक्न बाध्य भएको विश्लेषण गरेका छन्।