काठमाडौं । विहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको अन्तिम कारोबारको दिन विहीबार सेयर बजार परिसूचक नेप्से ३.३४ अंकले गिरावट हुँदा १८३८.५९ अंकमा बन्द भएको हो ।
बैंकिङ, जीवन बीमा र म्युचुअल फण्ड उपसूचक बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । वित्त कम्पनी उपसूचक सर्वाधिक ०.६७ प्रतिशतले वृद्धि हुँदा व्यापार उपसूचक ०.५९ प्रतिशत र विकास बैंक उपसूचक ०.४९ प्रतिशतले गिरावट भएको छ ।
बैंकिङ उपसूचक ०.०५ प्रतिशत र जीवन बीमा उपसूचक ०.०२ प्रतिशतले वृद्धि हुँदा म्युचुअल फण्ड उपसूचक पनि ०.४३ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ । सोमबार ८२ करोड र मंगलबार ७७ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेर ५९ करोडमा सीमित भएको थियो ।
बिहीबार अझै घटेर ७८ करोड ८३ लाखमा सीमित भएको छ । १६ हजार १७५ वटा कारोबारमा २१ लाख ३ हजार ७९१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।