उदयपुर । जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट दुईजना पक्राउ परेका छन् । १३ वर्षीया बालिका र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका–१० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका–४ बर्खेडाँडा डेरा गरी बस्ने १८ वर्षीय किशोर र उदयपुर चौदण्डीगढी नगरपालिका–३ बसाह बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
उनीहरूले ती बालिका र किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।