April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायती राजा चार्ल्सको राज्याभिषेकमा नेपालका परराष्ट्र मन्त्री सहभागी हुने

1.9K

लन्डन । नेपालका परराष्ट्र मन्त्री एनपी साउद बेलायत आउने भएका छन् । आगामी शनिबार हुन लागेको बेलायती राजा चार्ल्सको राज्याभिषेकमा सहभागी हुन साउद बेलायत आउन लागेका हुन् ।

राज्याभिषेकमा सहभागी हुन बिहीबार बेलायत आउन लागेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए । ‘राज्याभिषेकमा केही औपचारिक कार्यक्रमहरू छन् । म ती कार्यक्रममा सहभागी हुन्छु,’ साउँदले भने ।

महारानी एलिजावेथको गत सेप्टेम्बरमा निधन भएपछि चार्ल्स बेलायतका राजा बनेका हुन् ।

Advertisement