April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

काबुल एयरपोर्ट बम विष्फोटका ‘मास्टरमाइन्ड’ तालिबानद्वारा मारिए

2.7K

अफगानिस्तान । सन् २०२१ मा काबुल अन्तर्राष्ट्रिय एयरपोर्टको एबे गेटमा घातक आत्मघाती बम विष्फोटको योजना बनाउने इस्लामिक स्टेट समूहका मास्टरमाइन्ड मारिएका छन् । उनी अफगानिस्तानबाट अमेरिकी फिर्तीको अन्तिम दिनमा अफगानिस्तानको सत्तारुढ तालिबानद्वारा मारिएको राष्ट्रिय सुरक्षा परिषदले जानकारी दिएको हो ।

मारिएका नेताको नाम भने अहिलेसम्म नतोकिएको सिएनएन समाचारमा उल्लेख छ ।

अगस्टमा भएको बम विष्फोटमा १३ अमेरिकी सैनिक र १७० भन्दा बढी अफगान नागरिकको मृत्यु भएको थियो । त्यतिबेला मानिसहरू तालिबानले नियन्त्रणमा लिएपछि देश छोडेर भाग्न खोजिरहेका थिए । आईएसका नेता एक हप्ता अघि मारिएका थिए तर उनको मृत्युको पुष्टि गर्न समय लागेको अमेरिकी अधिकारीहरूले सीबीएसलाई जानकारी दिएका छन् । उनको नाम भने सार्वजनिक गरिएको छैन ।

Advertisement

उक्त बम विष्फोटको योजना बनाउने इस्लामिक स्टेट समूहका मास्टरमाइन्डलाई अमेरिकी अधिकारीहरूले गुप्तचरको सूचना र सो क्षेत्रको अनुगमनमार्फत मारिएकोे बताइएको छ । उनीहरूले बम विष्फोटको लागि उनी जिम्मेवार थिए भनेर कसरी थाहा पाए भन्ने बारे थप विवरण भने दिएका छैनन् ।