काठमाडौं । दार्चुलाको महाकाली नदीमा खसेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ। शनिबार दिउँसो तुइनबाट खसेर बेपत्ता भएका व्याँस गाउँपालिका-२ का दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारीको शव फेला परेको हो ।
प्रहरीका अनुसार भण्डारी साढे १ बजेतिर नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएका थिए ।
प्रहरी टोली र स्थानीयहरूको सहकार्यमा घटना स्थलबाट ५०० मिटर टाढा भण्डारीको शव फेला पारेको हो ।