नयाँदिल्ली । भारतीय सेनामाथि आक्रमण हुँदा पाँच सैनिक जवानको मृत्यु भएको छ । विहीबार भारतीय शासनविरुद्ध लडिरहेका विद्रोहीहरूले काश्मिरको विवादित हिमाली क्षेत्रमा एक सैन्य गाडीमा आक्रमण गर्दा पाँच भारतीय सेनाको मृत्यु भएको हो ।
भारतीय सेनाका अनुसार बिहीवार दिउँसो करिब ३ बजेको समयमा सेना चढेको गाडीमा उनीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि गाडीमा आगलागी भएको थियो । सो आक्रामणमा परी राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको छ भने एकजना गम्भीर घाइँते भएका छन् ।
भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले सो आक्रमणमा चरमपन्थी समूहको हात रहेको जनाएको छ । मृत्यु भएका जवानहरु सो क्षेत्रमा आतंककारी कार्यमा संलग्नहका विरुद्धमा चलाइएको अभियानमा तैनाथ रहेको बेला उनीहरुको ज्यान गएको हो ।
आक्रमणमा एक जना जवान गम्भीर घाइते भएको र उनको उपचार रजौरीस्थित सैनिक अस्पतालमा भइरहेको छ ।