लण्डन । बेलायतमा नयाँ वर्ष २०८० भव्य रुपमा मनाइएको छ । शान्ति नेपाली समाज बेलायतको आयोजनामा भव्य रुपमा नयाँ वर्ष मनाइएको हो ।
संस्थाका अध्यक्ष प्रवीण खरालको सभापतित्व रहेको उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यता र आचर्यपत्नी सुनिता आचार्यको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष रामप्रसाद न्यौपानेले स्वागत मन्तव्य, राजदूत र अध्यक्ष प्रवीण खरालले शुभकामना मन्तव्य राखेका थिए भने नेपालबाट आएका राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु रमेशराज भट्टराई, सम्झना भण्डारी र करिश्मा ढकालले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहेको थियो ।