काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ४५ जना कलाकारलाई मानपदवी, अलंकार र पदक प्रदान गरेका छन् । नयाँवर्षको अवसरमा शुक्रबार गायक यसकुमारसहित ४५ कलाकारहरूलाई सम्मान वितरण गरेको हो ।
राष्ट्रपतिद्वारा गायकयशकुमार (सुरेशकुमार नेपाल परियार ), सुनिता दुलाल, प्रदीप खड्का, कमल सुनार, सन्तोष श्रेष्ठ, दीपक शर्मा, माधवराज खरेल, शिवराम विक, रमेश कोइराला, सनम कठायत, कुमार बस्नेत विक्रान्त, कुलमान नेपाली, मनोहर सुनाम परियार, डिल्लीनारायण पाण्डेले जनसेवाश्री प्राप्त गरेका हुन् ।
यस्तै, नीर शाहसहित मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल र नन्दकृष्ण जोशीले सुकीर्तिमय राष्ट्रदीप विभूषण ग्रहण गरे भने दीपकराज गिरी, शम्भु राई (कुथुमी), प्रदीपलाल श्रेष्ठ, अशोक शर्मा, आलोकश्री (सूर्यकुमार खाती), दीपक जंगम, आनन्द कार्की, अर्जुन श्रेष्ठ, ज्ञानु राणा, निरुता सिंह, चेतन सापकोटा, विराज भट्ट (भोजराज भट्ट), दयाहाङ राई र सत्यकला राईले सुप्रबल जनसेवाश्री प्राप्त गरेका छन् ।
यसैगरी मिलन मोक्तान, धर्मराज उपाध्याय, सीताराम पोखरेल, जीतबहादुर देउजा र निर्मल शर्माले प्रबल जनसेवाश्री पदक ग्रहण गरेका छन् ।