November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

२४ घण्टायता थप २३ जना कोरोना संक्रमितको मृत्यु

२०७७ कार्तिक १६

2.6K

काठमाडौं- नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२४ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ।

हाल देशभर कुल संक्रमितमध्ये ३७ हजार ७ सय ६१ जना सक्रिय संक्रमित छन्। यीमध्ये ६ हजार ७ सय ८९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

Advertisement

कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार २३ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाख ५६ हजार ३६६ पुगेको छ।