पोखरा । कास्कीको ताङतिङमा सम्पन्न तमू सञ्चारकर्मी संघको पाँचौं राष्ट्रिय महाधिवेशनबाट चित्रबहादुर गुरुङ (लाला) को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । शनिबार सम्पन्न महाधिवेशनले नयाँ समिति निर्माण गरेको हो ।
जसमा उपाध्यक्ष खिमा गुरुङ (कास्की), महासचिव चित्रबहादुर गुरुङ (चितवन), सचिव कोमबहादुर गुरुङ (रुपेन्देही), कोषाध्यक्ष अनिता गुरुङ (गोरखा) छन् ।
सदस्यहरूमा केशव गुरुङ, किरण गुरुङ, इन्द्रबहादुर गुरुङ, दोलख गुरुङ, केशव गुरुङ र दानबहादुर गुरुङ छन् ।