April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

२४ घण्टायता थप २८२४ जनामा कोरोना संक्रमण‚ १ लाख ७३ हजार ५६७ पुगे संक्रमित

२०७७ कार्तिक १६

2.6K

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२४ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशभर कुल संक्रमितमध्ये ३७ हजार ७ सय ६१ जना सक्रिय संक्रमित छन्। यीमध्ये ६ हजार ७ सय ८९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

Advertisement

कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार २३ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाख ५६ हजार ३६६ पुगेको छ।