April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

सिक्किमको जेएनएम सडक क्षेत्रमा भीषण हिमपहिरो, तीन नेपालीसहित सात जनाको मृत्यु

1.8K

काठमाडौं । भारतको सिक्किममा तीन जना नेपालीको मृत्यु भएको छ । सिक्किमको नाथुला क्षेत्रमा मंगलबार हिमपहिरोमा कम्तीमा तीन नेपालीसहित सात पर्यटकको ज्यान गएको हो ।

गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर उनीहरूको ज्यान गएको हो । मृत्यु हुनेमा रुपन्देहीका मुना शाह श्रेष्ठ र चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल रहेका छन् ।

साथै घटनामा अन्य चार जना भारतीयको पनि मृत्यु भएको छ । मृत्यु हुनेहरूमा उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ रोय चौधरी र प्रितम मात्ये रहेका छन् ।

Advertisement

हिम पहिरो गएसँगै छ पर्यटकहरू सहित २३ जनालाई जीवितै उद्धार गरिएको थियो । खराब मौसमको कारण साँझ पछि उद्धार कार्य स्थगित गरिएको थियो ।

सरकारी अधिकारीहरूले उद्धार गरिएका १४ जना पर्यटकमा नेपाल, उत्तर प्रदेश, पश्चिम बङ्गाल र दिल्लीका बासिन्दा रहेको बताएका छन्। उनीहरू सबैको उपचार भइरहेको छ ।

जीवित उद्धार गरिएकामध्ये कम्तीमा ८ जनाको अवस्था गम्भीर रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ । नाथुला पास सिक्किम र तिब्बत बीचको रणनीतिक महत्त्वको क्षेत्र हो । यसलाई पर्यटकको आकर्षक गन्तव्यको रूपमा मानिन्छ ।