April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतमा गाडीको ठक्करबाट एक नेपाली वृद्धाको मृत्यु

1.6K

लन्डन। बेलायतमा गाडीको ठक्करबाट एक नेपाली वृद्धाको मृत्यु भएको छ । गत साता अल्डरसटमा भएको घटनामा ७१ वर्षकी विष्णुमाया भट्टचनको मृत्‍यु भएको हो ।

मार्च २० बेलुका झन्डै सवा पाँच बजे अल्डरसटको हस्पिटल हिलमा पैदलयात्रा गरिरहेकी भट्टचनलाई नीलो रङको औडी ए-१ ले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनलाई तत्काल अस्पताल पुर्‍याइएकोमा दोस्रो दिन उनको मृत्यु भएको हो ।

मृतक विष्णुमाया परिवारसहित अल्डरसटमै बस्दै आएकी थिइन्।

Advertisement

घटनाबारे कुनै सूचना वा जानकारी भए रिफरेन्स नम्बर ‘४४२३०१११४४८’ उल्लेख गरी १०१ मा टेलिफोन गरेर वा अनलाइनमार्फत् प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ ।