April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

११ दिन पैदल हिंडेर काठमाडौं आएका मिटरब्याजपीडित धर्नामा

2.8K

काठमाडौं । ११ दिन पैदल हिंडेर काठमाडौं आइपुगेका मिटरब्याजी पीडित सोमबार अपराह्न खुलामञ्च क्षेत्रमा पुगेका छन् । चैत २ गते महोत्तरीबाट चन्द्रनिगाहपुर, हेटौँडा, भीमफेदी र चन्द्रागिरि हुँदै ७३ जना मिटरब्याजपीडित आइतबार काठमाडौं आइपुगेका हुन् ।

काठमाडौं आइपुगेका उनीहरु सोमबार खुलामञ्चमा बस्ने तयारीमा थिए । काठमाडौं महानगरपालिकाले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न नदिएपछि सडकमा धर्ना दिएर बसेका छन् । मिटरब्याजी पीडितहरु खुलामञ्चमा आउने थाहा पाएपछि महानगरले खुलामञ्चमा नगर प्रहरी परिचालन गरेको हो ।

पीडितहरु मिटरब्याजविरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन बर्दिबासबाट मार्च सुरु गरेर काठमाडौं आएका हुन् । उनीहरू तमसुक व्यवस्था खारेज गर्न र कानुन बनाउन भन्दै काठमाडौं आएका हुन्।

Advertisement

गत जेठ अन्तिममा पनि मिटरब्याज पीडितहरू न्याय माग्दै माइतीघर आएका थिए। त्यति बेला उनीहरूले १४ दिनसम्म धर्ना दिए। त्यसपछि साउनमा ४७ दिन धर्ना दिएका थिए। दुई चरणको धर्नापछि गृह मन्त्रालयले सुदखोरहरूको धनसम्पत्ति छानबिन गर्ने, पीडितलाई लिखित र मौखिक धम्कीबाट मुक्त गर्ने लगायत सम्झौता गरेको थियो।-तस्विर साभार : गोरखापत्र