पोखरा । पोखरामा चितुवाको आक्रमणमा परेर दुईजना घाइते भएका छ्न् । पोखरा महानगरपालिका–१८ भकुण्डेमा रहेको तुल्सीकुञ्ज कालिज फर्ममा बुधबार बिहान पसेको चितुवाको आक्रमणबाट दुईजना घाइते भएका हुन् ।
घाइते हुनेमा फर्ममा कार्यरत २८ वर्षका श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षका राजेश तिमिल्सना रहेका छन् ।