लण्डन । बेलायतमा काम खोजिदिएवापत पैसा लिएको आरोपमा एक नेपाली रिक्रुटमेन्ट एजेन्सीको लाइसेन्स खारेज भएको छ । नेपाली कामदारबाट पैसा लिएको आरोपमा ‘अप्डेट एण्ड अजाइल पिएलसी एजेन्सी’को लाइसेन्स खारेज गरिएको हो ।
एजेन्सीको लाइसेन्स तत्काल खारेज गर्ने निर्णय गरिएको बेलायतमा कामदार ल्याउन लाइसेन्स जारी गर्ने निकाय ग्याङमास्टर एण्ड लेबर अब्युज अथोरिटीले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ । नेपाली कम्पनी अडेप्ट र अजाइलका निर्देशकद्वय रेशम गुरुङ र प्रविन रिमाल अथोरिटीले तय गरेको मापदण्ड पूरा गर्न असमर्थ भएकाले लाइसेन्स खोसिएको अथोरिटीले जनाएको छ।
यश यसअघि पनि यश एजेन्सीलाई अथोरिटीले १८ महिनाका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। अथोरिटीको निर्णयलाई बेलायतको डनकास्टर म्याजिष्ट्रेट कोर्टले अनुमति दिएको थियो।
लाइसेन्स खोसिएको कम्पनीले अथिरिटीले नियमन गर्ने बेलायतको कृषि, वागवानी, समुद्रमा माछा मार्ने, प्याकेजिङ र प्रोसेसिङ लहायतको क्षेत्रमा कामदार पठाउन पाउदैन ।